Menu

गजल

Author
Ramkumar Elan from Makawanpur |
September 26, 2026
Featured

–रामकुमार एलन

राम्रो होइन अशल हुनु भने बाले ।

फस्टाएको फसल हुनु भने बाले ।।


इमानजमान लिलाम हुँदा समाजमा ।

स्वाभिमानको पसल हुनु भने बाले ।।


श्रमको भरेङ चढून् सधैँ सन्तति ।

प्रगतिको ज्यासल हुनु भने बाले ।।


टाढै बसून् स्वार्थको राजधानीबाट ।

इमानको मोफसल हुनु भने बाले ।।

यो पढेर कस्तो महसूस भयो?

साहित्य $type=triple-post$count=9

लेख $type=triple-post$count=3

AD