Menu

गजल

Author
Ramkumar Elan from Makawanpur |
September 26, 2026
Featured

 


किन धनीमानीलाई मात्र हृदयाघात हुन्छ?

गरिबलाई भने सधैँ दुःख खाताखात हुन्छ


 कुरुवा भो बिरामी, सड्छ रोगी अस्पतालमै

फर्के पनि घर अर्को रोगको सुरुवात हुन्छ

 

खबर आयो दुःखको, आत्महत्या अस्पतालमै

अझ कति गरिबको मृत्यु झारपात हुन्छ?

 

'रामु'को बस्तीमा चल्दै छ मिर्गौलाको किनबेच  

निम्छराको शोषण सधैँ यहाँ रातारात हुन्छ।

यो गजल २०७३ माघ २८ गते शुक्रबार थाहाखबर डटकममा प्रकाशित छ ।

यो पढेर कस्तो महसूस भयो?

साहित्य $type=triple-post$count=9

लेख $type=triple-post$count=3

AD