Menu

चितवन पोष्टः मेरो पाठशाला, सबैको विश्वविद्यालय

Author
Ramkumar Elan from Makawanpur |
September 25, 2026
Featured



–रामकुमार एलन

२०८३ यता मैले केही लेखेको छैन, लेख्नचाहिँ गोरखापत्र, अन्नपूर्ण पोष्ट, उकालो र नेपाल प्रेसमा महिनाको २–२ वटा लेख्ने सौदा थियो । र, पैसा पनि राम्रै आउँछ । तर अनेक दैनिकीमा होमिँदा लेख्नै सकिरहेको छैन, आफैँ पत्रिकाको सम्पादक अनि बिहान अनलाइनको जागिरले पनि कम लेख्ने बनायो, अल्छीचाहिँ होइन । नेता पत्रकारबाट फेरि अक्षरखेतीमा फर्किएको छु । चितवन पोष्टबाट दीपेन्द्र अधिकारीको बरोबर फोनपछि यति लेखेको छु, तपाईंको समय मात्र बर्बाद पारिदिएँ कि भन्ने पिरलो छ, लेखकहरुले स्वघोषणा गर्ने बेला भएको छ ।

चितवन पोष्ट जति वर्ष भयो, मेरो पत्रकारिता त्यसमा ६–७ महिनामात्रै बढी हो । अर्थात्, दैनिक अखबारको पत्रकारिता आरम्भको पाठशालादेखि विश्वविद्यालयसम्म मेरो चितवन पोष्ट नै हो । तर समाचार कक्षको दैनिकीले धर्म सर, जीवराज सर र चितवन पोष्टबारे केही लेख्न नभ्याउनुचाहिँ मेरो कमजोरी हो ।

आमा छोरो ‘मास्टर भए हुन्थ्यो’ भन्नुहुन्थ्यो । आमापछिको मामा भन्छन् । मामा मलाई वकिल देख्न चाहनुहुन्थ्यो, आमाले मास्टर भएन भनेजस्तै छोरीलाई बाबा प्रोफेसर हुनु भएन भन्ने चिन्ता छ । तर, मेरो मन सानैदेखि समाचारको दुनियाँसँग थियो । स्कुल पढ्दा कक्षा ९–१० मा किताब पढ्दा टोलछिमेकमा रेडियो नेपालको ‘घटना र विचार’मा जस्तै बोल्छस् भन्थे । भाषा राम्रो थियो । साथीहरु प्रेमिकालाई भावुक चिठी लेख्न लगाएर एक मोहरको बरफ खुवाउँथे बेला–बेला । स्कुले जीवनमै म वक्तृत्वकलामा चितवनमा जिल्लास्तरीय उत्कृष्ट १० भित्रै थिएँ । प्रमाणपत्रहरु अहिले पनि होलान् दराजका कुनै कापतिर ।

एसएलसी दिएपछि त्यतिखेरको नारायणगढको सबैभन्दा अग्लो पिया सुपरमार्केटमा कतैबाट चौथो तला उक्लने मौका पाएँ । पारदर्शी साप्ताहिकको मुख्यालय थियो । एसएलसी दिएर पत्रकारिता गर्ने भनेपछि कसैले पार्टी च्यानलबाट विष्णु छिमेकीकहाँ पु¥याएका थिए । एउटा मोटो गजधम्मको मान्छे स्क्रिन प्रिन्ट घोट्दै हुनुहुन्थ्यो । उहाँ विष्णु छिमेकी हुनुहुँदोरहेछ । मैले चितवनका नेताहरुको घर–घरमा पारदर्शी साप्ताहिक पु¥याउने काम पाएँ, महिनाको ८ सय तलब । भरतपुरमा कोठा थियो, भाडा ८ सय नै । हामी ८ जना नै बस्थ्यौँ । साइकलबाट पत्रिका बाँड्नुपर्ने । गाउँबाट मकैको पिठो लगेर चितवन पढ्ने हामी निम्छरा, बाढीपीडितको साइकल किन्ने हैसियत थिएन । पारदर्शी साप्ताहिकका तत्कालीन प्रबन्ध सम्पादक अर्जुन शर्माले दिएको साइकल घिसार्दै हाकिमचोक लगेँ । भोलिपल्ट बिहान भरतपुर विमानस्थलमा ल्याएर सिकेँ, लडेँ, उठेँ, पर्सिपल्ट त पिया मार्केटसम्म साइकल चलाएर जाने भइहालेँ । घुँडाका पाङ्ग्राहरुचाहिँ जोरले दुखेका थिए, अहिले विमानस्थलमा साइकल सिक्ने कुरा ‘पागलले मात्र गर्छ’ भन्लान् नयाँ पुस्ता ।

गाउँका कुरा लेखेँ, सम्पादकको बक्समा राखिदिएँ, छापियो पो त १ कविता लेखेँ, छापियो । हेर्दाहेर्दै मेरो नाम पत्रिकाका पानामा रामकुमार ‘एलन’ रिजाल छापिन थाल्यो । एसएलसीपछि सप्तगण्डकीमा भर्ना भएँ । वीरेन्द्र क्याम्पसमा बिएमा मात्रै १०० नम्बरको पत्रकारिताको पढाइ हुन्थ्यो । काठमाडौँ गएर पत्रकारिता पढ्न रहर थियो, पढाउन सक्ने परिवारको हैसियत थिएन । किनभने सबैेले बारीमा गाँजा लगाए पनि हामीले लगाएनौँ । त्यसैले हाम्रो आर्थिक अवस्था कमजोर रहिरह्यो । २०५० साल साउन ५ गते बाढीले हजुरबा, हलो र खेत लगेपछि अहिलेसम्म हामी त्यो खेतको धान खान पाइरहेका छैनौँ । बगर भएको ३३ वर्ष भयो बाउको मूलखेत ।

पिया मार्केटकै अर्को कोठामा चितवन पोष्ट साप्ताहिकको कार्यालय आयो । धर्मराज अर्याल सर राससको कार्यकारी सम्पादक छाडेर पत्रिका निकाल्न थाल्ने हुनुभयो भन्थे दाइहरु विष्णु छिमेकी, कृष्ण भण्डारी, दिनेश थपलिया, दीपक आचार्य, जीवन काफ्ले, जनक अर्याल, मोहन पोखरेल र अरुअरु ।

चितवन पोष्ट दैनिक हुने भयो, मचाहिँ एसएलसी फेल भएपछि रामेश्वर मरहठ्ठा र कृष्णराज मरहठ्ठाको प्रेसमा काम गर्न थालेँ । नयाँ अनुसन्धान साप्ताहिक निस्कन्थ्यो । उहाँहरु घरानियाँ पत्रकार र प्रेसको साहु । यहाँहरुलाई भनौँ, चितवन पोष्ट साप्ताहिकको पहिलो अङ्क त्यही प्रेसमा छापिएको थियो र छाप्ने मै थिएँ । पत्रिका बाँडेर मात्र हुन्न, सीप सिक्नुपर्छ भनेर रुपचन्द्र विष्टका चेला मेरो बुबा गोविन्द रिजालले सिकाइदिनु भएपछि अर्को सीप सिकेँ । अहिले पनि मलाई यो काम आउँछ । त्यतिखेर पनि नक्कली खुकुरी रमको सक्कली लेबल रङ्गीन छाप्न जानिसकेको थिएँ र खुकुरी रम नक्कलीले बजार खाएको थाहा पाएँ । त्यो छाप्न दिने दाइ बिर्सिएँ, तिनको पछि लागेको भए ठूलै रक्सी व्यापारी पो हुन्थेँ कि ? यो राम्रो काम होइन, मनले निर्देश ग¥यो ।

चितवन पोष्ट दैनिक हुने भयो । चितवनका पत्रकारले पनि अंग्रेजी पत्रिका पढ्न थाले मात्र होइन, चितवन पोष्ट दैनिकमा उपसम्पादक सूर्यप्रकाश कँडेलले अंग्रेजी भारतीय पत्रिकाको स्टोरी अनुवाद गरेर जागिर पाउनुभएको हो । त्यतिखेर शनिवासरीय एउटा लेखकको अहिले पनि सम्झना छ मलाई अंग्रेजी पत्रिकाको । शीर्षक थियो स् ‘डन्ट सेन्ड मी इमेल, सेन्ड मी फिमेल ।’ मलाई उल्था गर्न भन्नुभएको थियो धर्म सरले । एकल सिलवाल धादिङ, सलाङका विशेष संवाददाता, जीवलाल पौडेल व्यवस्थापक । म पनि प्रमुख समाचारदाता भइसकेको थिएँ ।

दिउँसो १ बजे रेडियो नेपाल सुनिन्थ्यो, त्यसको विदेशी समाचार लेखेर भोलिको अन्तर्राष्ट्रिय समाचार तयार पाथ्र्यौं । यो काम म र एकलको थियो । हामीले नभ्याउँदा उपसम्पादक सूर्यप्रकाश हुनुहुन्थ्यो ।

यसपछि हामी पारि गैँडाकोट, नारायणगढ, भरतपुर डुल्थ्यौँ । भोलिका लागि समाचार खोज्थ्यौँ । त्यतिखेर लेखेको एउटा समाचारको शीर्षक बिर्सिएँ, आशय याद छ । भरतपुरका ब्युटीपार्लरहरुमा क्षेत्री–बाहुनका छोरीबुहारी जाने वातावरण बनिसकेको छैन । एकदिन धर्म सरले मेन न्युज लेखेर मेरो बाइलाइन राखिदिनुभयो । ओहो, चितवन पोष्टको ठूलो अक्षरमुनि हेडलाइन, हेडलाइनमुनि मेरो नाम १ म त पत्रकार भइहालेँ । यसपछि मैले समाचार लेख्ने धेरै कुरा बुझेँ र नाम अब एकल सिलवाल र सूर्यप्रकाश कँडेलको होइन, मेरो नाम बढी छापिनुपर्छ भन्ने भोकले इन्तु न चिन्तु भइहालेँ ।

एकदिन १ सय रूपैयाँ आइसी दिएर मलाई हेटौँडाको शहीद स्मारक पठाउनुभयो । भर्खर स्मारकको चर्चा हुँदै थियो । हेटौँडा पुगेर रामकुमार एलनको रिपोर्ट भनेर छापियो । तर, लेख्न सक्ने भइसकेको थिएँ । धर्म सरले सूर्य, एकल र मलाई बरोबर माया गरेर उस्तै अब्बल पत्रकार बनाउनुभएको थियो । प्रकाश र निर्मल अर्याल थपिनुभएको थियो । निर्मल समानताको कुराकानी गर्नुपर्छ भनेर निर्मल अर्यालको सट्टा ‘रमल नेपाली’ लेख्नुहुन्थ्यो । हामी गजबले साम्यवादका भोका र पहरेदार थियौँ ।

त्यतिखेर पत्रिका कम थिए र देशभर चर्चा हुन अहिलेजस्तो फेसबुक, टिकटक र रिलको बेला थिएन । थियो त रेडियो नेपाल र नेपाल टेलिभिजन । राति ७ बजेतिर हामी पत्रिका छाप्थ्यौँ । ८ बजे पुलचोकबाट नाइट बस चढेर कलङ्की झर्थेँ । त्यहाँबाट भुवन केसीले सपना फिल्मतिर चलाउने डल्ले टेम्पो थियो, त्यो टेम्पो चढेर सिंहदरबारछेउ पुग्थेँ । सबेरै ६ः३० तिर पुग्नुपथ्र्यो । त्यसपछि आजको पत्रपत्रिका भनेर रेडियो नेपाल र नेपाल टेलिभिजनको अखबार कार्यक्रममा हाम्रो समाचारको हेडलाइन र आजको ‘चितवन पोष्टले लेखेको छ’ भनेपछि देशभर चितवन पोष्ट ‘हिट’ खाँदै गयो ।

वश ३० सेकेन्डजति हाम्रो हेडलाइन र पत्रिकाको नाम म सिंहदरबारमै सुनेर फेरि डल्ले टेम्पो खोज्थेँ, कलङ्की आउँथे, सधैँ बस पाइन्थेन । कहिले ट्रक चढ्थेँ । मोबाइल फोन थिएन । म ढिलो हुन्छ भनेपछि एकल सिलवाल दिउँसो १ बजे रेडियो नेपाल सुनेर अन्तर्राष्ट्रिय समाचार बनाउनुहुन्थ्यो । फस्ट पेजको समाचार खोेज्ने मेरो काम हुन्थ्यो ।

काठमाडौँ जाने काम मैले लगातार ५ दिनसम्म गरेको याद छ । यो काम पालैपालो गथ्र्यौं । मुग्लिन बजारमा दुई रूपैयाँमा उसिनेको दुईवटा अण्डा दिन्थ्यो । एकाएक अण्डाको दाम बढाएर दुई रूपैयाँ एक मोहर बनायो । म त पत्रकार पो त, हिजोका आजै एक मोहर बढ्छ भनेर कराएँ । एकातिर अल्लारे उमेरको क्रान्तिकारी, अर्कातिर पत्रकार, त्यो पनि चितवनको र नामी दैनिकको । तुजुक अलि बढी देखाएँ कि क्या हो रु

त्यतिखेरै मैले राम हुमागाईं, लक्ष्मण हुमागाईं, पुष्पहरि क्याम्पा राई चिनेको हुँ । तर, किन मलाई काठमाडौँले तानेन रु राईले भनेको सम्झन्छु, ‘तपाईंलाई धर्म सरले काम दिनुभयो रु’ मैले ‘हो’ भनेँ । उहाँले धर्म सरले जो पाए उसलाई पत्याउनुहुन्न, तपाईं पछि राम्रो पत्रकार बन्नुहुन्छ, अलिअलि उहाँको गाली खानु, नभाग्नु भन्नुभयो । यो कुरा धर्म सरलाई सुनाएँ, उहाँ खुशी हुनुभयो ।

सप्तगण्डकी क्याम्पसमा अखिलको नेता भएँ । अहिलेका विकास कोइराला, कैलाश कोइराला, रामप्रसाद न्यौपाने, पूर्ण बोहोरा ९दिवङ्गत०, विकाश अधिकारी ९दिवङ्गत०, रामचन्द्र अधिकारी, नरेश अधिकारी, ईश्वर न्यौपाने, उत्तम अधिकारी विद्यार्थी नेताहरुसँग सङ्गत थियो । सिक्दै थिएँ । म विद्यार्थी राजनीति र पत्रकारितामा थिएँ । अहिले पनि कैलाश कोइराला दाइ निकै माया गर्नुहुन्छ । यसपालि चुनावमा हामीले हेटौँडामा दशकपछि समीक्षा ग¥यौैँ । उहाँहरुको घराना नै राजनीतिपीडित । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको नजरमा म पनि पछि परेँ । उहाँको प्रक्षेपण थियो, ‘रामप्रसाद न्यौपाने नेता भए पनि क्षमताले रामकुमार अघि जान्छ ।’ तर समयले साथ दिएन, जे छु, खुशी नै छु ।

पत्याउनुहुन्न होला, अखिलको जिल्ला सम्मेलन थियो । साइकलमा मुग्लिन पुल पुगेर वाल पेन्टिङ गर्दै आएर नुवाइधुवाइ गरी खाना पकाएर खाइन्थ्यो, बिहान ६ नबज्दै सप्तगण्डकी क्याम्पस जान्थ्यौँ । देशभरिका साथीहरुको हाम्रो गजबको गठजोड थियो । केटाकेटी सरोबर । केटीहरु त अहिले कोही बाहिर छन्, कोही हजुरआमा हुँदैछन् । हाम्रो सङ्गठन थियो, ‘९ओस्ला० वान साइडेड लभर्स एसोसिएसन ।’ उमेर र एकतर्फी मायाका कुरा केटाकेटीकै समूहमा ।

एउटा समाचारमा माफी माग्नुप¥यो । एकातिर अखिलको नेता, अर्कातिर समाचार स्रोतमा भर । रामपुर क्याम्पसमा अखिल र नेविसंघको झगडामा क्याम्पसप्रमुख नै खुकुरी लिएर आए भन्ने समाचार लेखेँ । न्यायाधीशले वकिल र सम्पादकले समाचारदाताको झुट पत्याउनुपर्ने बाध्यतामा समाचार छापियो । भोलिपल्ट फोनदेखि खण्डनले तनाव । त्यतिखेर धर्म सरले एउटा कुरा सोध्नुभएको थियो, ‘तिमी क्याम्पस चिफलाई चिन्छौ रु’ मैले भनेँ, ‘चिन्दिनँ ।’ उहाँलाई चिनेर पूर्वाग्रह नराखेको भन्ने लागेर ‘आइन्दा ख्याल गर्नु है’ भन्नुभयो । यो सम्पादकले समाचारदाता जोगाउने काम थियो । पछि खुकुरीवाला क्याम्पस पढाउनेचाहिँ हो भन्ने पुष्टि भयो । प्रमुखको खण्डन छाप्यौँ ।

सबैलाई कठोर भएर लेख्नुपर्छ । सामान्य भाषामा लेख्नुपर्छ । भाषाको ख्याल गर्नुपर्छ । जनताको कुरा लेख्नुपर्छ । पत्रकारितामा धर्म सरले सिकाउनुभएको यही हो । भन्न हुने कि नहुने रु सिनेमासम्बन्धी केही समाचार थियो । पूरा शीर्षक बिर्सिएँ । त्यहाँ ३ शब्दमा बीचमा ‘कि’ भन्ने शब्द ‘की’ छापिएछ । धर्म सरले पत्रिका हेर्नुभएछ । अलि रिसाउनुभयो । निर्मल ९रमल०लाई गाली गर्नुभयो । उहाँले बिर्सनुभयो कि या यो कुरा नभनेको भए पनि हुन्थ्यो भन्नुहोला निर्मलजी । तर धर्म सरको तर्क थियो, ‘निपात ह्रस्व हुन्छ भन्ने पनि थाहा नपाएर हेडिङमा की लेख्ने, एक हप्ता तँ समाचार नलेख् ।’ उहाँको त्यो कारबाही म, सूर्यप्रकाश र एकल सिलवालका लागि कति वाटको झट्का थियो होला रु कान्छा छोरालाई त यस्तो कठोर कारबाही । हामी भाषाप्रति त्यसपछि शब्दकोष पढ्ने भयौँ । त्यसैले अहिलेसम्म यति लेख्ने भयौँ । सूर्यप्रकाश दाइ पनि अहिले स्रष्टा हुनुहुन्छ । असल प्रधानसम्पादक हुनुहुन्छ । एकल सिलवाल भाषामा उस्तै अब्बल, बरू मै हुँला कमसल ।

एकदिन दिउँसो जीवराज अर्याल सरले भेटघाट रेस्टुरेन्टमा खाजा खान लैजानुभयो । चाउमिन मागियो । त्यसपछि काल्र्सबर्गको हरियो बोतल आयो । मैले भनेँ, ‘सर म बियर खान्नँ ।’ जीवराज सरले भन्नुभयो, ‘लाटा, यो चाउमिनमा हाल्ने सस हो, बोतलमात्रै बियरको ।’ त्यो दिन आफूलाई निकै पाखे र नादान सम्झिएँ, अहिले पनि हाँस्छु । चितवन पोष्टले नियमित खाजा खुवाउँथ्यो वैष्णव मिष्ठान्न भण्डारको विज्ञापन छापेर । सर्ट र टाई दिएको थियो । टाई सायद अहिले पनि छ मसँग त्यतिखेरको ।

पछि चितवन पोष्ट काठमाडौँबाट छापिन थाल्यो । यो मैले नबुझेको कुरा । मैले बिदा मागेरै वीरगन्ज आउने भनेँ । यसबीचमा सुरेश अधिकारी र कृष्ण गिरीसँग मिलेर नारायणी दैनिक पनि चलायौँ ७० दिनजति । चितवन पोष्टले निकै प्रगतिको कामना गरेर बिदाइ गरेको सूचना थियो । पैसा कमाउन जानेनौँ पत्रकारिता गरेर । सायद माथिबाट धर्म सर र जीवराज सरले भनिरहनुभएको होला, ‘ठीक गरिरहेको छस् ।’

अनेक हन्डर खायो यसबीचमा चितवन पोष्टले । प्रकाशजीले भन्नुभएको थियो, ‘संवाददाता कुटिँदा एउटा विज्ञप्ति निकालेन महासंघले एलनजी ।’ अरु समुदाय उठेर आए । पत्रिका बन्द गराउने आन्दोलन थियो । ऋतिक रोशन काण्डमा चितवन पोष्टको समाचार भनेर अहिले पनि पत्रकारिताको तालिम र पढाइमा नाम लिन्छन् । त्यतिखेर म पत्रिकाबाट बिदा भइसकेको थिएँ । बीचमा चितवनको नाम चलेको अखबार बिक्रीमा भनेर विज्ञापन पनि आयो । अनेक आरोह–अवरोहमा चितवन पोष्ट सतिसाल बनेर उभिएको छ । बाटोमा ठिङ्ग उभिएको सतिसालले सबैलाई मागेजति सालधूप दिएको छ । अहिले दीपेन्द्र अधिकारीको बरोबर फोन आयो, लेख खोइ रु के लेखौँ ? यिनै सम्झनाहरुमार्फत धर्म सर, जीवराज सर, अहिलेका सहकर्मीहरुलाई सम्मान छ ।

केही महिनाअघि भाइ गोविन्द अर्यालले अर्को पत्रिका निकाल्ने भनेपछि चासो लिएँ । ‘अँ दाइ पत्रिका र घरको अंशबन्डा भयो, प्रकाश दाइले पत्रिका लिने र मैले अरु सम्पत्ति लिने कुरा भयो’, उहाँले भन्नुभयो, ‘जानेको यही हो, अर्को पत्रिका निकाल्न सुरू गरेँ ।’ बधाई नै दिएँ । मदत चाहिए भन्नु भनेँ । अब प्रकाश अर्याल र निर्मल अर्यालको बुबाको नासो ‘चितवन पोष्ट’ मेरो पाठशाला र अहिले विश्वविद्यालय हो । त्यही भएर त सायद प्रकाशजीले हाँसीहाँसी सम्पत्ति र पत्रिकामा पत्रिका राखेर सम्पत्ति भाइ गोविन्दलाई दिन तयार हुनुभयो । पत्रिका त १ हजार रूपैयाँमा दर्ता भइहाल्छ । तर, चितवन पोष्ट त्यतिमात्रै होइन भन्ने बनाउन लाग्नुभएका तपाईंहरु सबैलाई नमन छ । चितवन पोष्ट र मेरो पत्रकारिता अल्लारेबाट प्रौढमा छ । अहिले पनि रङ्गीन पत्रिकाको सम्पादक नै छु, कुनै दिन चितवन पोष्टको सम्पादक हुने पालो पनि आउला १ प्रकाशजी, राजेश हमाल नाचेको एउटा गीत छ फिल्मको, नाम बिर्सिएँ, ‘आफ्नैको लाग्दो रै’छ आश ।’

उम्, मलाई साहित्यकार बनाउने, व्यङ्ग्य लेख्न सिकाउने, कविता, गजल, कथामा पनि लेखेर यत्तिको बनाउने काममा धर्म सरको ठूलो हात छ । चितवन पोष्टलाई धेरै शुभकामना । धर्म सर र जीवराज सरमा सम्मान र सम्झना ।

यो लेख २०८३ जेठ ३० गते चितवन पोष्ट दैनिकमा प्रकाशित छ ।


यो पढेर कस्तो महसूस भयो?

साहित्य $type=triple-post$count=9

लेख $type=triple-post$count=3

AD