लेख

फ्रडमान्डु

कथाः  कथानक १ आज त नयाँ मोबाइल लिनैपर्छ । फेसबुक नचलाएको दुई दिन भइसक्यो । यस्तो लाग्छ कि बरु अफिस एकमहिना नगए केही हुन्न । तर फेसबुक एकघण्टा चलाइएन भने साथीहरु चन्द्रमा पुगिसकेको र आफू पछि परेको महसुस हुन्छ । भाइबरमा कति सन्देश आए होलान् ? इमोमा कुरा नहुँदा आफन्तसँग सम्पर्क नै टुटेको छ । निलो माइक्रोमा रत्नपार्कबाट कलंकी नपुग्दै भिडमा कुन नकच्चराले मोबाइल टप्काइदियो । यसैले पछिल्लो २४ घण्टा सञ्चारसम्पर्कमा छुइनँ । ठीकै छ, सेट थोत्रो नै भइसकेको थियो । नयाँ सेट किन्ने योजना बनाएँ । सेट किनेर सिम लिन जब नेपाल टेलिकमको सुन्धारा शाखामा हुत्तिँदै छिरेँ । सिम लिन लाइन बसेँ । यो देश लाइन बस्नेहरुको शहर हो । यहाँ मर्न त लाइन बस्नु पर्छ । र, मरेपछि त लाइन बस्नु पर्छ । जिउँदोमा त लाइन नबसी केही पाइन्न । अरु त अरु मोटरसाइकलको लाइसेन्स प्वाल पार्न, आन्दोलनका बेला ट्याक्सीमा आगो लगाइमाग्न मात्र होइन, आफ्नो घरमा चोर पसोस् […]

रैमट्टै पाराले, दुःख पाए साराले

२०७६ असोज २८ गते नेपाली कांग्रेसका नेताहरुको भेलामा मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेले भनेका थिए, ‘हेर्दै जाऊ, ६ महिनापछि मुलुकमा के के हुन्छ ? ढिलोचाँडो यो व्यवस्था कोल्याप्स हुन्छ ।’ न्यौपानेले त्यसो भन्नुको कारण के थियो भने, केपी ओली सरकारका ३ वर्ष यसै बिते अब २ वर्ष यतिकै बित्छ, जनता यति निरास छन् कि हाम्रो बहुमत यतिकै आउँछ, अहिले संगठन गरिरहन पर्दैन, जनमत कांग्रेसकै हो भन्नेहरु टन्नै थिए । आफ्नो पालो आएपछि न्यौपानेले भनेका थिए यस्तो । ६ पुसको चिसोसम्म आइपुग्दा न्यौपाने बिरामी परेर निको हुने क्रममा हुनुहुन्छ । निकै गल्नु भएको छ तर ऊर्जा उस्तै छ । केहीदिनअघि हेटौंडामा नेपाली कांग्रेसले ‘तनहुँ पुलकाण्ड’ प्रकरणमा शक्ति देखाउने क्रममा सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मालाई उतारेको थियो । बिरामी भएर सुतिरहेका पूर्वसभापति न्यौपानेबारे ‘सन्चोबिसन्चो’ समेत देउवा र शर्माले सोध्न भ्याउनु भएन । त्यतिमात्रै होइन, अर्का पूर्व सभापति माइकल रामचन्द्र अर्याललाई मञ्चमा आसन ग्रहण पनि गराइएन । नेविसंघका महामन्त्री प्रभात दाहाल […]