साहित्य

फ्रडमान्डु

कथाः  कथानक १ आज त नयाँ मोबाइल लिनैपर्छ । फेसबुक नचलाएको दुई दिन भइसक्यो । यस्तो लाग्छ कि बरु अफिस एकमहिना नगए केही हुन्न । तर फेसबुक एकघण्टा चलाइएन भने साथीहरु चन्द्रमा पुगिसकेको र आफू पछि परेको महसुस हुन्छ । भाइबरमा कति सन्देश आए होलान् ? इमोमा कुरा नहुँदा आफन्तसँग सम्पर्क नै टुटेको छ । निलो माइक्रोमा रत्नपार्कबाट कलंकी नपुग्दै भिडमा कुन नकच्चराले मोबाइल टप्काइदियो । यसैले पछिल्लो २४ घण्टा सञ्चारसम्पर्कमा छुइनँ । ठीकै छ, सेट थोत्रो नै भइसकेको थियो । नयाँ सेट किन्ने योजना बनाएँ । सेट किनेर सिम लिन जब नेपाल टेलिकमको सुन्धारा शाखामा हुत्तिँदै छिरेँ । सिम लिन लाइन बसेँ । यो देश लाइन बस्नेहरुको शहर हो । यहाँ मर्न त लाइन बस्नु पर्छ । र, मरेपछि त लाइन बस्नु पर्छ । जिउँदोमा त लाइन नबसी केही पाइन्न । अरु त अरु मोटरसाइकलको लाइसेन्स प्वाल पार्न, आन्दोलनका बेला ट्याक्सीमा आगो लगाइमाग्न मात्र होइन, आफ्नो घरमा चोर पसोस् […]