Menu

रातोमाटे युवा समाजद्वारा बृहत् सांस्कृतिक कार्यक्रम गरिँदै

Author
news-feed-2 |
November 06, 2026
Featured

मनहरी नेपाली कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ रातोमाटे युवा समाजको आयोजनामा दीपावली तथा छठ पर्वको पावन अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।

कार्यक्रम आगामी कार्तिक २३ गते सोमबार बिहान ११ बजेदेखि मनहरी–५ स्थित श्री जनचेतना प्राथमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ ।

नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणसँगै नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछन् ।

विशेषगरी स्थानीय प्रतिभाहरूलाई आफ्नो कला तथा क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै युवाहरूबीच आपसी सद्भाव, एकता र सामाजिक सहकार्यलाई थप मजबुत बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

रातोमाटे युवा समाजले सम्पूर्ण कला, संस्कृति प्रेमी, स्थानीयवासी, बुद्धिजीवी, समाजसेवी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम संयोजक सोमनाथ रुम्बाका अनुसार यस्ता कार्यक्रमले स्थानीय कला, संस्कृति र प्रतिभाको पहिचान गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

यो पढेर कस्तो महसूस भयो?

साहित्य $type=triple-post$count=9

लेख $type=triple-post$count=3

AD