हेटौँडा । मकवानपुरको मनहरी–४ मा शान्ति सिर्जना युवा क्लबद्वारा आयोजित ‘समीर स्मृति कप २०८३’ फुटबल प्रतियोगिताको उपाधि तपोवन युवा क्लब हेटौँडा–१९ ले जितेको छ ।
प्रतियोगितामा आयोजक शान्ति सिर्जना युवा क्लब द्वितीय भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठले विजयी समूहलाई नगद पुरस्कार, प्रमाण पत्र र मेडल हस्तान्तरण गरे । प्रथम हुने समूहले २२ हजार २ सय २२ रुपैयाँ र दोस्रो समूहले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा तामाङ ब्वाइज एफसी, न्याउली युवा कलब, हरियाली कालीखोला एफसी, बाँसबासी एफसी, ऋषेश्वर युवा क्लब, रेग्मी परिवार, आयोजक शान्ति सिर्जना, दीपावली टोल फुटबल क्लब, गोलघर एफसी समूहको सहभागिता थियो । यस्तै, डोलबारी एफसी ए र बी, नयाँबस्ती एफसी, वर्णटाँडी एफसी, अमृत ब्रान्ड र तपोवन फुटबल क्लबसहित १५ समूहको सहभागिता थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले सौजन्य गरेको बागमती प्रदेश सदस्य खुशी कार्कीले बताइन् ।
पुरस्कार वितरण समारोहमा मनहरी–४ का वडाध्यक्ष प्रकाश थापालगायतको सहभागिता थियो ।