Menu

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी

Author
news-feed-2 |
November 06, 2026
Featured

मकवानपुर । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज वर्ष २०२६ का अध्यक्ष समेत रहेका गोपालीले नेपाल जेसीज वर्ष २०२७ का लागि उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

मकवानपुर जिल्लाको पर्यटकीय नगरी थाहानगर रहेको पालुङ जेसीज वर्ष २०१७ मा सदस्य, २०१८ मा महाधिवेशन संयोजक, २०१९ मा सदस्य, २०२० मा जेसीज इन स्कुल संयोजक र ओमकर क्विज कन्टेस्ट संयोजक, २०२१ मा उपाध्यक्ष, २०२२ मा कार्यकारिणी उपाध्यक्ष, २०२३ मा महासचिव, २०२४ मा कोषाध्यक्ष र २०२६ मा शाखा अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका गोपालीले नेपाल जेसीजमा पालुङ जेसीजको छविलाई उच्च बनाई थाहानगरको पहिचानलाई देशब्यापी बनाउन उम्मेदवारी दिइएको बताए ।

मानविकी तथा समाजशास्त्र विषयमा स्नातक गरेका गोपाली पालुङ बहुमुखी क्याम्पसका लेखापाल एवम् पालुङ मोर्डन इङ्लिस स्कुलका प्रधानाध्यापक हुन् ।
युवाहरुमाझ लोकप्रिय गोपाली स्थानीय सामाजिक संघ संस्थामा पनि सक्रिय छन् ।

१२ जना आवश्यक नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीजका गोपालीसंगै १९ जनाको उम्मेदवारी परेको छ ।

नेपाल जेसीजको पुस ८ गतेदेखि ११ गतेसम्म भद्रपुर जेसीजको आतिथ्यतामा हुने ५३ औं महाधिवेशनले नेपाल जेसीज वर्ष २०२७ को लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

नेपाल जेसीज वर्ष २०२७ को १ जना अध्यक्ष पदका लागि ४ जना र ४ जना कार्यकारिणी उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ ।

यो पढेर कस्तो महसूस भयो?

साहित्य $type=triple-post$count=9

लेख $type=triple-post$count=3

AD