Menu

बौधी माई प्राङ्गण छठ घाटमा विशेष सरसफाइ कार्यक्रम

Author
news-feed-2 |
November 14, 2026
Featured

वीरगञ्ज । नजिकिँदै गरेको महान् पर्व छठलाई स्वच्छ, व्यवस्थित तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ भोलि (शनिबार) श्री बौधी माई प्राङ्गण छठ घाटमा विशेष सरसफाइ तथा व्यवस्थापन कार्यक्रम भएको छ।

श्री बौधी माई प्राङ्गण छठ घाट पूजा समितिको आयोजनामा मिति २०८३ कात्तिक २८ गते शनिबार बिहान ठीक ७:०० बजेदेखि सरसफाइ कार्यक्रम भएको हो।

समितिले एक सार्वजनिक सूचना जारी गर्दै उक्त सरसफाइ अभियानमा पूजा समितिका पदाधिकारी तथा सदस्यहरू, सम्बन्धित वडाका वडा अध्यक्षज्यू, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा टोलीहरूका साथै स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहको छ।

धार्मिक आस्थाको धरोहर छठ पर्वलाई भव्य, सभ्य र सफा वातावरणमा मनाउन स्थानीयवासी तथा सरोकारवाला सबैको साथ र सहयोग अपरिहार्य रहेको समितिको भनाइ छ। ।

यो पढेर कस्तो महसूस भयो?

साहित्य $type=triple-post$count=9

लेख $type=triple-post$count=3

AD